FAQs Complain Problems

चामे बजार

Read More

चामे गाउँपालिका

Read More

नमस्ते गेट

Read More

चामे गाउँपालिकामा यहाँलाई हार्दिक स्वागत छ ।

चामे गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम नेपाल सरकारबाट २०७३ साल फाल्गुण २७ गते गठित स्थानीय तहहरु मध्येको एक हो ।  नेपालको गण्डकी प्रदेश अन्तर्गत हिमाल पारिको जिल्ला मनाङको मध्य भागमा अवस्थित चामे गाँउपालिका समुन्द्रि  सतहवाट २६५० मी. देखि २७००मि. उचाइ सम्म रहेको छ । साविकको चामे गाविस गा.वि.स. यसमा समावेश भएकको छ।  ७८।८६ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस चामे गाउँपालिकाको जनसंख्या ११२९ रहेको छ। यस गाउँपालिकाको पूर्वमा नाशोङ गाउँपालिका,पश्चिममा नेस्याङ गाउँपालिका, उत्तरमा नारफु गाउँपालिका तथा दक्षिणमा कास्की जिल्ला रहेका छन्। यस चामे गाउँपालिकामा तिमाङ‚थानचोक,कोतो,चामे नयाँ बजार र पारि चामे गरि ५ वटा वडा कार्यालयहरु रहेका छन् भने यसको केन्द्र चामे ५ स्थित साविक चामे गा.वि.स.को कार्यालय तोकिएको छ।

Pages

वडाध्यक्ष विवरण

     वडा नं.                       नाम/थर                         सम्पर्क नं.

      १                          आशिष गुरुङ                  ९८५६०४९२७१

      २                         भिम बहादुर गुरुङ            ९८५६०४९२७२

      ३                         राजु लामा                        ९८५६०४९२७३

      ४                         लोप्साङ लामा                  ९८५६०४९२७४

      ५                         कैले गुरुङ                       ९८५६०४९२७५

सूचना तथा समाचार

मिति: Tuesday, September 8, 2020 - 14:22

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) बाट यस चामे गाउँपालिकाका बासिन्दाहरुलाई सुरक्षित हुनबाट बचाउन पालिकाकका सबै वडा र स्थानीय बासिन्दा, संघ सस्थाको लागि वितरण गरिएको मास्क र स्यानीटाइजर को विवरण

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ..
आवश्यक कागजातहरुः-
  • संवन्धित हकदारको निवेदन 
  • मृतक जग्गाधनीको मृत्यूदर्ता प्रमाणपत्र (जग्गाधनीको मृत्यु भएको भए)
  • जग्गाधनी दर्ता प्रमाणपुर्जा 
  • चालू वर्षमा वुझाएको मालपोत रसिद
  • हकदारको ना.प्र प .को फोटोकपि
  • नाता प्रमाणित
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • निबेदन
  • जन्मदर्ताको प्रमाणपत्र
  • शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
  • बाबुको नागरिकता प्रमाण पत्र
  • पासपोर्ट साइजको फोटो ५ प्रति
  • विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र,माइतीपटृीका बाबु वा आमा वा परिवारका कुनै सदस्यको नागरिकता(प्रयोजन हेरी विवाह दर्ता,मृत्यु दर्ता प्रमाण)
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- बढीमा १ घण्टा
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरुः-

सम्बन्धित बच्चाको बाबुको नागरिकता

आमाको नागरिकता

नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता

सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने

अस्पतालमा भए अस्पतालको कागजात

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- बढीमा १ घण्टा
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरुः-

मृतकको नागरिकता

सूचना दिने मानिसको नागरिकता

सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- बढीमा ३० मिनेट
जिम्मेवार अधिकारीः- राजस्व शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका कार्यालय(राजस्व शाखा)
सेवा शुल्कः- गाउँ कार्यपालिका बाटपारित आर्थिक बिनियामवाली बमोजिम
आवश्यक कागजातहरुः-

नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र

जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा

घरनक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र

सम्पत्ती हकवालाहरुको नाम,नाता उल्लेख,

गत बर्षसम्म गाउँपालिकालाई सम्पुर्ण कर बुझाएको प्रमाण मुल्याकंन अनुसारको कर चुक्ता गर्नु पर्ने ।

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- जेष्ठ नागरिकका हकमा उमेर पुगेको आगामी चौमासिक देखि,एकल महिला/अपाङ्ग/बालबालिका/आदिवासी जनजातिको हकमा दरखास्त दिएको आगामी चौमासिक देखि,
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी ।

बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २÷२ प्रति फोटो, निवेदन.

दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी

दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी ।

अपा· परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहीहरुको निवेदनसंग २÷२ प्रति फोटो अनिवार्य)

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- .
आवश्यक कागजातहरुः-

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र ।

२. जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि ।

३. जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण ।

४. हालसालै आसपासको खरिद विक्रि भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का ।

५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि ।

२. कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धि मेडिकल सुपरीटेन्डेन्टको सिफारिस ।

३. व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन ।

जानकारी

शिर्षक आर्थिक वर्ष डाउनलोड
चामे गाउँपालिकाको स्थानीय राजपत्र अतिरित्ताङ्क १ ७५/७६ PDF icon चामे गाउँपालिकाको स्थानीय राजपत्र अतिरित्ताङ्क १
चामे गाउँपालिकाको स्थानीय राजपत्र अतिरित्ताङ्क २ ७५/७६ PDF icon चामे गाउँपालिकाको स्थानीय राजपत्र अतिरित्ताङ्क २
चामे गाउँपालिकाको स्थानीय राजपत्र अतिरित्ताङ्क ३ ७५/७६ PDF icon चामे गाउँपालिकाको स्थानीय राजपत्र अतिरित्ताङ्क ३
चामे गाउँपालिकाको स्थानीय राजपत्र पूर्वअतिरित्ताङ्क ०१ ७५/७६ PDF icon चामे गाउँपालिकाको स्थानीय राजपत्र पूर्वअतिरित्ताङ्क ०१
चामे गाउँपालिकाको स्थानीय राजपत्र पूर्वअतिरित्ताङ्क ०२ ७५/७६ PDF icon चामे गाउँपालिकाको स्थानीय राजपत्र पूर्वअतिरित्ताङ्क ०२