समाचार
चामे गाउँपालिकामा यहाँलाई हार्दिक स्वागत छ ।
चामे गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम नेपाल सरकारबाट २०७३ साल फाल्गुण २७ गते गठित स्थानीय तहहरु मध्येको एक हो । नेपालको गण्डकी प्रदेश अन्तर्गत हिमाल पारिको जिल्ला मनाङको मध्य भागमा अवस्थित चामे गाँउपालिका समुन्द्रि सतहवाट २६५० मी. देखि २७००मि. उचाइ सम्म रहेको छ । साविकको चामे गाविस गा.वि.स. यसमा समावेश भएकको छ। ७८।८६ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस चामे गाउँपालिकाको जनसंख्या ११२९ रहेको छ। यस गाउँपालिकाको पूर्वमा नाशोङ गाउँपालिका,पश्चिममा नेस्याङ गाउँपालिका, उत्तरमा नारफु गाउँपालिका तथा दक्षिणमा कास्की जिल्ला रहेका छन्। यस चामे गाउँपालिकामा तिमाङ‚थानचोक,कोतो,चामे नयाँ बजार र पारि चामे गरि ५ वटा वडा कार्यालयहरु रहेका छन् भने यसको केन्द्र चामे ५ स्थित साविक चामे गा.वि.स.को कार्यालय तोकिएको छ।