FAQs Complain Problems

समाचार

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन ?

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको सूचना फाराम (भरेको हुनुपर्ने)
आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि
आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस
आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि
अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि
वडाको किटानी सिफारिस
दस्तुर न.पा.को नियमानुसार
माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१२ अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ

जन प्रतिनिधि