समाचार
दक्षिण कोरिया निवासी सम्पूर्ण मनाङ परिवारलाई विशेष धन्यवाद ।
मनाङ जिल्लावाट कामको सिलसिलामा दक्षिण कोरीया पुग्नु भएका दक्षिण कोरिया मनाङ परिवारका सदस्यज्यूहरु बाट विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) को कारणले उत्पन्न यस जटिल परिस्थितीमा PPE ४ थान दक्षिण कोरियाबाट फर्केर आउनुभएका श्री फुर्वा छिरिङ लामाको हातबाट यस चामे गाउँपालिकालाई उपलव्ध गराउनु भएकोमा चामे गाउँपालिका र मेरो व्यक्तिगत तर्फबाट दक्षिण कोरिया निवासी सम्पूर्ण मनाङ परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु ।
लोकेन्द्र बहादुर घले
अध्यक्ष
चामे गाउँपालिका