FAQs Complain Problems

समाचार

चामे बजार

Read More

चामे गाउँपालिका

Read More

नमस्ते गेट

Read More

चामे गाउँपालिकामा यहाँलाई हार्दिक स्वागत छ ।

नेपालको गण्डकी प्रदेश अन्तर्गत हिमाल पारिको जिल्ला मनाङको मध्य भागमा अवस्थित चामे गाँउपालिका समुन्द्रि  सतहवाट २६५० मी. देखि ६७८० मि. उचाइ सम्म रहेको छ । भौगोलिक हिसाबले ‘चामे’ उत्तरी नेपाल गण्डकी प्रदेशको २८० ३३′ ७″उ, ८४० १४′ २७″पू सापेक्ष स्थानमा अवस्थित छ ।करिब  १००६.७४ हेक्टर वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस पालिकाको कुल क्षेत्रफलमध्ये ३२.०४ हेक्टर खेतीयोग्य जमिन, १००.८८ हेक्टर पाचौँ तह जमिन, ५०७.५९ हेक्टर जंगल, ३४६.८५ हेक्टर चरण क्षेत्र र १९.३७ हेक्टर सरकारी जग्गाको रुपमा रहेको छ ।यस गाउँपालिकाको पूर्वमा नासों गाउँपालिका,पश्चिममा मनाङ निस्याङ गाउँपालिका, उत्तरमा नार्फु गाउँपालिका तथा दक्षिणमा कास्की जिल्लाको मादी गाउँपालिका सँग सिमना जोडिएको छ। यस चामे गाउँपालिकामा तिमाङ‚ थानचोक, कोतो, चामे नयाँ बजार र पारि चामे गरि ५ वटा बस्तिमा पाँच वटा वडा कार्यालयहरु रहेका छन् ।चामे गाउँ कार्यपालिकाको कार्यालय वडा नं. ४ नँया वजार स्थित वहुउदेश्यीय भवनमा संचालनमा रहेको छ।

 

Pages

वडाध्यक्ष विवरण

     वडा नं.                       नाम/थर                         सम्पर्क नं.

      १                         खड्ग जंग गुरुङ                  ९८४६९४७३१५

      २                         मंगल देव गुरुङ                  ९८४९९४५१६३

      ३                         विनोद लामा                       ९८४६१२१६२४

      ४                        लोप्साङ लामा                     ९८५६०४९२७४

      ५                         कैले गुरुङ                         ९८५६०४९२७५

सूचना तथा समाचार

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ..
आवश्यक कागजातहरुः-
  • संवन्धित हकदारको निवेदन 
  • मृतक जग्गाधनीको मृत्यूदर्ता प्रमाणपत्र (जग्गाधनीको मृत्यु भएको भए)
  • जग्गाधनी दर्ता प्रमाणपुर्जा 
  • चालू वर्षमा वुझाएको मालपोत रसिद
  • हकदारको ना.प्र प .को फोटोकपि
  • नाता प्रमाणित
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • निबेदन
  • जन्मदर्ताको प्रमाणपत्र
  • शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
  • बाबुको नागरिकता प्रमाण पत्र
  • पासपोर्ट साइजको फोटो ५ प्रति
  • विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र,माइतीपटृीका बाबु वा आमा वा परिवारका कुनै सदस्यको नागरिकता(प्रयोजन हेरी विवाह दर्ता,मृत्यु दर्ता प्रमाण)
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- बढीमा १ घण्टा
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरुः-

सम्बन्धित बच्चाको बाबुको नागरिकता

आमाको नागरिकता

नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता

सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने

अस्पतालमा भए अस्पतालको कागजात

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- बढीमा १ घण्टा
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरुः-

मृतकको नागरिकता

सूचना दिने मानिसको नागरिकता

सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- बढीमा ३० मिनेट
जिम्मेवार अधिकारीः- राजस्व शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका कार्यालय(राजस्व शाखा)
सेवा शुल्कः- गाउँ कार्यपालिका बाटपारित आर्थिक बिनियामवाली बमोजिम
आवश्यक कागजातहरुः-

नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र

जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा

घरनक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र

सम्पत्ती हकवालाहरुको नाम,नाता उल्लेख,

गत बर्षसम्म गाउँपालिकालाई सम्पुर्ण कर बुझाएको प्रमाण मुल्याकंन अनुसारको कर चुक्ता गर्नु पर्ने ।

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- जेष्ठ नागरिकका हकमा उमेर पुगेको आगामी चौमासिक देखि,एकल महिला/अपाङ्ग/बालबालिका/आदिवासी जनजातिको हकमा दरखास्त दिएको आगामी चौमासिक देखि,
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी ।

बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २÷२ प्रति फोटो, निवेदन.

दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी

दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी ।

अपा· परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहीहरुको निवेदनसंग २÷२ प्रति फोटो अनिवार्य)

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- .
आवश्यक कागजातहरुः-

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र ।

२. जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि ।

३. जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण ।

४. हालसालै आसपासको खरिद विक्रि भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का ।

५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि ।

२. कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धि मेडिकल सुपरीटेन्डेन्टको सिफारिस ।

३. व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन ।

जानकारी