FAQs Complain Problems

समाचार

असहाय,एकल महिला,जेष्ठ नागरिक तथा अशक्त अपाङ्ग,दलित जेष्ठ, दलित बालबालिका पोषण अनुदान लगायत सामाजिक सुरक्षा

सेवा प्रकार:

लाग्ने समय: 
जेष्ठ नागरिकका हकमा उमेर पुगेको आगामी चौमासिक देखि,एकल महिला/अपाङ्ग/बालबालिका/आदिवासी जनजातिको हकमा दरखास्त दिएको आगामी चौमासिक देखि,
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नलाग्ने
आवश्यक कागजातहरु: 

एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी ।

बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २÷२ प्रति फोटो, निवेदन.

दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी

दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी ।

अपा· परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहीहरुको निवेदनसंग २÷२ प्रति फोटो अनिवार्य)

जन प्रतिनिधि