FAQs Complain Problems

समाचार

ग्यालरी

हिमाल पारिको जिल्ला मनाङको चामे गाउँपालिकाको शैक्षिक गुणस्तर बृद्वि गर्न विधार्थिको सहजताको लागि पालिकाको गौरवको आयोजनाको रुपमा रहेको लोकप्रिय आवासिय (नमुना) मा.वि. को लागि आ.व. ०७६।०७७ को स्विकृत कार्यक्रम अनुसार जिल्लामै पहिलो स्कुल बस खरीद गरी संचालनमा ल्याईएको छ ।

मिति: 07/08/2020 - 19:26
, , , , , ,

हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) को कारणले उत्पन्न यस जटिल परिस्थितीमा मनाङ जिल्ला सङघीय प्रतिनिधी सभा सांसद माननीय श्री कर्म घलेज्यूबाट यस चामे गाउँपालिकालाई ४ कार्टुन (३९२ Bottle) Hand Sanitizer गाउँपालिका अन्तर्गत सम्पुण घर धुरीहरुलाई २/२ Bottle को दरले उपलब्ध गराउनु भएकोमा माननीय ज्यू प्रति यस चामे गाउँपालिका र हाम्रो व्यक्तिगत तर्फबाट हार्दिक आभार सहित धन्यवाद प्रकट गर्दछु ।

मुनिन्द्र जंग गुरुङ. .. ...लोकेन्द्र बहादुर घले
.....उपाध्यक्ष. ... ...... ...... .अध्यक्ष
चामे गाउँपालिका. .. .चामे गाउँपालिका

मिति: 05/08/2020 - 16:49
, , , , , ,

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (COVID-19) को रोकथाम र नियन्त्रण गर्न स्थानीय तहबाट मास्क, सेनिटाईजर, सावुन वितरण भईरहेको र नेपाल सरकारबाट भएको लकडाउन (बन्दाबन्दी) को कारण विपन्न नागरिकलाई पर्न गएको प्रतिकुल अवस्थालाई मध्यनजर गर्दै विपन्न मजदुरहरुलाई राहत सामग्री वितरण भईरहेको साथै क्वारेन्टाईन निर्माण संचालन र व्यवस्थापन, अत्यावश्यक औषधी तथा उपकरण खरीद गर्ने उद्देश्यले चामे गाउँपालिकाबाट संचालनमा रहेको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गर्न हार्दिक आह्वान गरिन्छ । जिन्सी सामानहरु, स्वास्थ्य संग सम्बन्धित सामग्री र उपकरणहरु, राहत सामग्रीहरु तलका मोवाईल नं म

मिति: 04/24/2020 - 15:12

हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) को कारणले उत्पन्न यस जटिल परिस्थितीमा मनाङ जिल्ला सङघीय प्रतिनिधी सभा सांसद माननीय श्री कर्म घलेज्यूबाट यस चामे गाउँपालिकालाई सर्जिकल मास्क ६ प्याकेट (३०० पिस) र थर्मो गन २ पिस सामान् नेपाल रेडक्रस सोसाइटी मनाङको जिल्ला शाखाका सभापति श्री बिनोद लामा मार्फत चामे गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर घले र उपाध्यक्ष श्री मुनिन्द्र जंग गुरुङलाई आज मिति २०७६।०१।१० गते प्राप्त भयो । सहयोग गर्नु भएकोमा माननीय ज्यू प्रति यस चामे गाउँपालिका र हाम्रो व्यक्तिगत तर्फबाट हार्दिक आभार सहित धन्यवाद प्रकट गर्दछु ।

मिति: 04/23/2020 - 22:19
, , , ,

मनाङ जिल्लावाट कामको सिलसिलामा दक्षिण कोरीया पुग्नु भएका दक्षिण कोरिया मनाङ परिवारका सदस्यज्यूहरु बाट विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) को कारणले उत्पन्न यस जटिल परिस्थितीमा PPE ४ थान दक्षिण कोरियाबाट फर्केर आउनुभएका श्री फुर्वा छिरिङ लामाको हातबाट यस चामे गाउँपालिकालाई उपलव्ध गराउनु भएकोमा चामे गाउँपालिका र मेरो व्यक्तिगत तर्फबाट दक्षिण कोरिया निवासी सम्पूर्ण मनाङ परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु ।

लोकेन्द्र बहादुर घले
अध्यक्ष
चामे गाउँपालिका

मिति: 04/18/2020 - 07:05

हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) को कारणले उत्पन्न यस जटिल परिस्थितीमा मनाङ जिल्ला सङघीय प्रतिनिधी सभा सा‌ंसद माननीय श्री कर्म घलेज्यूबाट यस चामे गाउँपालिकालाई सेनिटाईजर १० लिटर, PPE सेट १० र सर्जिकल पञ्जा २ बक्स सामान् मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री पुष्पराज पौडेलज्यू मार्फत चामे गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर घलेलाई आज मिति २०७६।०१।०५ गते प्राप्त भयो । सहयोग गर्नु भएकोमा माननीय ज्यू प्रति यस चामे गाउँपालिका र मेरो व्यक्तिगत तर्फबाट हार्दिक आभार सहित धन्यवाद प्रकट गर्दछु ।

मिति: 04/18/2020 - 07:04
,

Pages