FAQs Complain Problems

समाचार

ग्यालरी

विगत १७ महिना देखि मनाङ जस्तो बिकट दुर्गम हिमाली जिल्लाको चामे गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत प्रमुख प्रशासकिय अधिकृत श्नी नर बहादुर चन्दज्यू मिति २०७८/०५/३१ गते सरुवा भइ महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा भइ जानु भएकोमा सरका आगामी दिनहरु अझै धेरै प्रगती सहित सफल र स्वस्थ जिवनको शुभकामना व्यक्त गर्दछौैं । यस कार्यालय तथा समग्र गाउँपालिकामा तपाई जस्तो कुशल प्रशासक, मृदुभाषी, मिलनसार, बहुप्रतिभामुखि र असल राष्ट्र सेवकको साथ रहेर गरेका कामहरु स्मरण योग्य छन् ।

मिति: 09/20/2021 - 17:23
, , , , , , , , , , , , , , ,

मनाङ जिल्लामा परेको अविरल बर्षात पश्चात मिति २०७८ जेष्ठ ३१ र अषाढ १ गते आएको पहिरो सहितको बाढिले यस पालिका बासि जनता विस्तापित हुनुका साथै करोडौको सम्पत्ति क्षति भएको यस विषम परिस्थितिमा तपाई दाता श्री SOWERS ACTION Hong Kong, China ले प्रदान गर्नुभएको राहात सामाग्रीलाई चामे सम्म ढुवानी गर्न सहयोग गर्ने श्री Thrangu Monastery ले चामे गाउँपालिकाको समग्र जनताको राहतका लागि राहात सामाग्री पुय्याउनु भएकोले तपाईहरुको योगदानको उच्च कदर गर्दै चामे गाउँपालिका हार्दिक कृतज्ञता सहित धन्यवाद व्यक्त गर्दछौ।

चामे गाउँपालिका

चामे, मनाङ

मिति: 07/15/2021 - 18:55
, ,

चामे गाउँपालिकाको नवौ गाउँसभा मितिः२०७८।०३।२५ गते आ.व.०७८।७९ को लागि कुल बजेट रु.३४ करोड ४१ लाख ६१ हजार मध्ये चालु तर्फ रु.११ करोड १० लाख ३७ हजार र पुजिगत तर्फ २३ करोड ३१ लाख २४ हजार रकम विनियोजन सहित सर्वसम्मतले वजेट पारित भएको छ । गाउँ सभाले उत्कृष्ट कर्मचारी, उपभोक्ता समिति,उद्यमी कृषक, करदाता का साथै वेरुजु फरछ्यौटमा उल्लेखनिय भूमिका निर्वाह गर्ने लेखा समितिका पदाधिकारीहरुलाई समेतलाई सम्मानित गरियो ।

मिति: 07/09/2021 - 17:19
, , , , , , , , , , , , , , , , , ,

Pages