FAQs Complain Problems

समाचार

योजना सम्पन्न भएपछि उपोभोक्ता समितिले अन्तिम भुक्तानी लिनका लागि गाउँपालिकामा के के कागजात पेश गर्नुपर्छ ?

उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।
वडा कार्यालयको राय सिफारिस पत्र।
प्राविधिक कार्य सम्पन्न प्रतिवेदन।
प्राविधिक MEASUREMENT BOOK।
योजनामा भए गरेको कार्यको तस्विर/फोटो।
उपभोक्ता समितिको वैठकको निर्णय प्रतिलिपि (कार्य सम्पन्न भएकोले भुक्तानी माग गर्ने भनी गरिएको निर्णय)।
योजना स्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिको सिफारिस।
खर्चको विल भर्पाईहरु रु २००००। विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN विल अनिवार्य हुनु पर्नेछ।
डोर हाजिर फारम (प्रमाणित)।
खर्च सार्वजनिक सूचना फारम (तोकिए बमोजिमको ढाँचामा)।
सार्वजनिक परीक्षण फारम (तोकिए बमोजिमको ढाँचामा)।
विस हजार भन्दा माथिको अनिवार्य भ्याट विल (अनिवार्य)।
सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवशायी, फर्म, संस्था र कम्पनीको हकमा रु २००००। विस हजार भन्दा माथिको रकमको हकमा कर विजकनै पेश गर्नुपर्नेछ। भर्पाई मान्य हुने छैन।
जाँचपास तथा फरफारक समितिको निर्णय सिफारिस।

जन प्रतिनिधि